प्रहरीले गुन्डागर्दीमा सक्रिय रहेको आरोपमा काठमाडौंबाट सातजना पक्राउ

(नेपाल क्राईम)

प्रहरीले गुन्डागर्दीमा सक्रिय रहेको आरोपमा काठमाडौंबाट सातजना पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धबाट उनीहरुलाई आज पक्राउ गरेको जनाएको छ ।

कार्यालय प्रमुख एसएसपी रमेश बस्नेतले उनीहरुले सामाजिक सञ्जालमार्फत देखाएको व्यवहारका आधारमा पक्राउ गरिएको जानकारी गराउँदै अब थप अनुसन्धान हुने बताए । सामाजिक सञ्जालमा खुकुरी देखाउने र गुन्डागर्दीमा रहेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गोपाल मोक्तान, रोमन मगर, सुमन पराजुली, मनोहर थापामगर, रोनिश बरामु, रोशन तामाङ र गुणबहादुर गुरुङ छन् । उनीहरू काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका युवा हुन् । प्रहरीले यस्ता अरू युवाको पनि सूची बनाएको जनाएको छ ।