(नेपाल क्राईम)
स्वीडेनको एउटा क्याम्पसमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएर ११ जनाको हत्या गरेका छन्।
मध्य स्वीडेनको ओरेब्रो शहरमा रहेको रिसबर्गस्का क्याम्पसमा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको र अरू धेरैजना घाइते भएको अमेरिकी मिडिया सिएनएनले जनाएको छ।
घाइतेहरूमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।