वडा अध्यक्ष डिल्ली प्रसाद ओली ८० हजार रुपैयाँ घुससहित पक्राउ

(नेपाल क्राईम )                                                                  झापाको बुद्धशान्ती गाउँपालिका- २ का वडा अध्यक्ष डिल्ली प्रसाद ओली ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।वडा अध्यक्ष ओलीले सेवाग्राहीसँग जग्गा पास र लेनदेन सिफारिसका लागि ८० हजार घुस लिइसकेको अवस्थामा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको आयोगले जानकारी दिएको छ।