(नेपाल क्राईम) अनलाइन सट्टेबाजी गराएको आरोपमा २४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार ललितपुरको सानेपामा घर भाडामा लिएर अनलाइन सट्टेबाजी गराएको आरोपमा पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली रहेका छन् ।प्रहरीका अनुसर विभिन्न एपमार्फत अनलाइन जुवा खेलाउने उनीहरुले पछिल्लो ६ महिनामा ३ अर्ब ४ करोड ७३ लाख रुपैयाँको कारोबार गरेको भेटिएको छ ।भारतीयले गिरोहले सञ्चालन गरेको ८ वटा बेटिङ एपमार्फत उनीहरुले सट्टेबाजीमा गराएको आरोप छ । पक्राउ परेका सबैको साथमा कम्तीमा ३ वटा मोबाइल र एक एकवटा ल्यापटप फेला परेको छ । उनीहरुविरुद्ध सट्टेबाजी, क्रिप्टो र सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।