(महेन्द्र सिंह ) बाँके जिल्ला कैलाली लम्किचुहा नगरपालिका ७ गणेश प्रसाद थारुको सु .प. प्रदेश ०१-००८ प ६०५९ नम्बरको मोटरसाइकल जिल्ला बाँके नेपालगन्ज उप -महानगरपालिका वडा न १८ सडक बिभाग नाजिक पार्किङ गरि राखेको अवस्थामा हराएको थियो। मोटरसाइकल हराएको सूचना पाएपक्षात वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकललाई फेला पारेको वडा कार्यालय नेपालगञ्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमले जानकारी दिएका छन् फेला पारिएको उक्त सु.प. प्रदेश ०-१-००८ प६०५९नम्बरको मोटरसाइकललाई आज वडा प्रहरी कार्यालय नेपालगञ्जले सवारी धनी गणेश प्रसाद थारुलाई हस्तान्तरण गरेको वडा प्रहरीले जनाएको छ।