(नेपाल क्राईम)
सेना दिवसका अवसरमा बर्सेनि आयोजना हुने नेपाली सेनाको फोटो तथा वृहत् प्रदर्शनी शुरू भएको छ ।यही माघ १५ देखि १८ गतेसम्म जङ्गी अड्डामा हुने प्रदर्शनीमा सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरू राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।