किशोरीसँगै गोठालो जाने दुईजना पक्राउ

(नेपाल क्राईम)

अछाममा गाइबाख्र्रा चलाउन गएका दुई किशोरी मृत भेटिएको घटनाको अनुसन्धानका प्रहरीले दुईजना पक्राउ गरेको छ ।

ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा ढकारी–८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको थियो । उक्त घटनामा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।