(नेपाल क्राईम) नेपाल प्रहरीका १७ जना एसपीहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णयअनुसार शुक्रबार उनीहरुको सरुवा भएको हो ।
जसअनुसार एसपी अपिलराज बोहराको जिल्ला प्रहरी परिसर काठमाडौँमा सरुवा भएको छ । यस्तै एकनारायण कोइरालाको जिल्ला प्रहरी कार्यालय इलाम तथा गौतम मिश्रको जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएको छ ।