(नेपाल क्राईम)
नेपाल प्रहरीमा उपरीक्षक (एसपी) का ३७ पद रिक्त छन्। २५ एसपी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएर बुधबार मात्रै दर्ज्यानी चिन्ह लगाएसँगै रिक्त एसपीको संख्या ३७ पुगेको हो।
यसअघि १२ एसपीका पद रिक्त थिए। ३७ एसपीको दरबन्दी रिक्त भएसँगै प्रहरी प्रधान कार्यालयले बढुवाको गृहकार्य सुरु गरेको छ। प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले एक/दुई दिनमै बढुवा गर्ने तयारी गरेको छ।
बढुवाका लागि २०७२ चैत १६ मा डीएसपी भएकाहरू र त्यसको १६ महिनापछि डीएसपी भएकाहरु गरी ६९ जना मुख्य प्रतिस्पर्धामा छन्। उनीहरू मध्येबाट रिक्त ३७ पदमा एसपीको बढुवा गर्ने तयारी छ।
एसपी बढुवाको सिफारिस समितिमा प्रहरी महानिरीक्षक अध्यक्ष रहन्छन्।