सिराहामा कटुवा पेस्तोलसहित २ जना पक्राउ

(नेपाल क्राईम)

सिराहामा कटुवा पेस्तोलसहित २ जना पक्राउ परेका छन् ।​

गोलबजार नगरपालिका- ११ बल्कबाबाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही नगरपालिका- १२ बेतौना बस्ने १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षीय विष्णुकुमार महतो छन् ।