(नेपाल क्राईम) नेपाल प्रहरीका केही एसएसपीको सरुवा भएको छ। गृह मन्त्रालयले लागुऔषध नियन्त्रण ब्यूरो र नेपालगञ्ज तालिम केन्द्रमा नयाँ एसएसपी खटाएको हो।
लागुऔषध नियन्त्रण ब्यूरोमा सुदर्शन कोइराला र नेपालगञ्ज तालिम केन्द्रमा नान्नतीराज गुरूङलाई खटाइएको हो। ब्यूरोमा कार्यरत एसएसपी दिनेश आचार्य र नेपालगञ्जमा कार्यरत एसएसपी राजेन्द्रप्रसाद भट्ट डीआईजीमा बढुवा भएपछि रिक्त पदमा काज सरुवा गरिएको हो।
यससँगै, काठमाडौं परिसर र अपराध अनुसन्धान कार्यालयका एसएसपीहरूको पनि सरुवाको तयारी भइरहेको गृह मन्त्रालय स्रोतले जनाएको छ।