रवि लामिछानेलाई ६० लाख रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश

(नेपाल क्राईम)                                                      काठमाडौं जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६० लाख रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार लामिछानेलाई धरौटी तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी अमर बहादुर चन्दले जानकारी दिए ।