ठूलो संख्यामा शिक्षक माग

(नेपाल क्राईम)

शिक्षक सेवा आयोगले ठूलो संख्यामा शिक्षक माग गरेको छ । आयोगले आज (आइतबार) सूचना जारी गर्दै माध्यमिक तहका लागि तीनसय ६८ जना शिक्षक माग गरेको हो ।

एक महिने म्याद राखेर विभिन्न विषयको माध्यमिक तह, तृतिय श्रेणीका शिक्षक पदका लागि खुला प्रतियोगितात्मक परीक्षाको लागि दरखास्त खुला गरिएको आयोगले जनाएको छ ।