(Nepal crime) सिरहा प्रहरीले स्रोत नखुलेको १४ लाखभन्दा बढी रकमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । लहान भगवानपुर सडकखण्डको सखुवानन्कारकट्टी ५ बाट १४ लाख १९ हजार आठ सय ९० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।उनीहरू हुण्डी कारोबारी रहेको प्रहरीले जनाएको छ ! । स९प ११६२ नम्बरको मोटरसाइकलमा भगवानपुर चोकबाट लहानतर्फ आइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले सप्तरीको राजविराज १० का ५७ वर्षीय मजित मियाँका साथबाट आठ लाख १४ हजार आठ सय ९० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । सोही ठाउँ बस्ने व मोहमद अलाउदिनको साथबाट दुई लाख चार हजार पाँच सय र स्थानीय अजय चौधरीको साथबाट चार लाख पाँच सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।