( उपेन्द्र सिंह / विशाल वैश्य )
नेपालगन्जमा मंगलवार शीतलहर शुरु भएपछि चिसो बढेको छ। शीतलहर चल्न थालेपछि बढेको चिसोले दैनिक जीवनयापन प्रभावित भएको छ।
चिसो बढेपछि केटाकेटी र वृद्धहरु विरामी पर्न थालेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका छन्। बाँके जिल्ला प्रशासन कार्यालयले शीतलहर चलेर चिसो बढेपछि बाँकेका सबै पालिकालाई शीतलहरमा सर्वसाधारणलाई जोगाउन विभिन्न उपाय अपनाउन आग्रह गरेको छ।
कार्यालयका अनुसार चिसो तथा शीतलहरबाट खासगरी अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र र समुदायको पहिचान गरेर उनीहरूलाई जोगाउन विभिन्न उपाय अपनाउन स्थानीय तहलाई आग्रह गरिएको छ।