माछा मार्ने डुङ्गा पल्टिँदा पन्ध्र जना बेपत्ता

(नेपाल क्राईम)

इन्डोनेसियाको पूर्वी मालुकु प्रान्तमा माछा मार्ने डुङ्गा पल्टिँदा पन्ध्र जना बेपत्ता भएका स्थानीय अधिकारीले मङ्गलबार बताएका छन्।

शनिबार माछा मार्ने क्रममा १७ यात्रु बोकेको डुङ्गा डुबेको थियो।

दक्षिणपश्चिम पपुवा प्रान्तको खोज र उद्धार कार्यालयका प्रमुख मोन्स ब्रुरीका अनुसार सोमबार दिउँसो अर्को माछा मार्ने डुङ्गाले दुई जना चालक दलका सदस्यहरूलाई उद्धार गरेको थियो।