पूर्वमेयर, पूर्वमन्त्री पीएल सिंहको निधन

(नेपाल क्राईम)

काठमाडौंका पूर्वमेयर, पूर्वमन्त्री पीएल सिंहको निधन भएको छ।

परिवार स्रोतका अनुसार पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो।

२०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए।

८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए।