नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीलाई प्रहरी नायब महानिरीक्षक डिआइजीमा बढुवा

सरकारले नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजीमा) बढुवा गर्न सिफारिस गरेको छ।

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले मंगलबार बैठक बसेर ११ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

एसएसपीहरू सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीपसिंह देउवा, दीपक कुमार बस्नेत, ओमविक्रम राना, जयराज सापकोटा, सन्जीव शर्मा दास र सुरेन्द्रबहादुर गुरूङको नाम डिआइजीमा सिफारिस भएको हो।