(नेपाल क्राईम)
जिल्ला प्रहरी कार्यालय मोरङले रंगेली नगरपालिका–८ दर्वेशा बस्ने ६५ वर्षीया ज्योतिदेवी अग्रवाललाई स्रोत नखुलेको नगद ४७ लाख ४९ हजार रूपियाँसहित मंगलबार दिउँसो पक्राउ गरेको छ ।
अग्रवालको घरमा स्रोत नखुलेको नगद लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा ४७ लाख ४९ हजार नगद फेला पारेको विज्ञप्तिमा उल्लेख छ ।