इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा

(नेपाल क्राईम)

सशस्त्र प्रहरी बल नेपालको २९ नम्बर गण हेडक्‍वाटर ज्वालामाई दाङमा कार्यरत तत्कालीन सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा इन्स्पेक्टर छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले २९ नम्बर गण दाङबाट केही समय अगाडि राजीनामा दिएका थिए।