(नेपाल क्राईम)
प्रहरी महानिरीक्षक सन्त बहादुर कुँवरले कास्कीको पोखरा महानगरपालिका–६ स्थित वडा प्रहरी कार्यालय वैदामको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।
नवनिर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच कुँवरले उद्घाटन गरेका हुन् । नवनिर्मित भवन उद्घाटनसँगै कुँवरले अवलोकन समेत गरेका छन् ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरुलाई प्रशंसापत्र समेत प्रदान गरे ।