(नेपाल क्राईम)
नक्कली फेसबुक आइडी बनाएर बिहेको प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका-५ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा ७ हाईभिजिन कोलोनी बस्ने रुद्र बहादुर गुरुङ रहेका छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चन्द्रागिरिको हाईभिजन कोलोनीबाट आइतबार पक्राउ गरेको हो।
उनले फेसबुकमा केटी साथी बनाउँदै आफू सिंगापुरे लाहुरे भएको परिचय दिन्थे।
आफूसँग बिहे गरे सिंगापुर लैजाने भन्दै उनले प्रलोभन समेत देखाउँथे।गुरुङले काठमाडौँ चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई चेक तथा नगद गरी १६,८३,६०० साथै विभिन्न व्यक्तिहरूको नाममा रहेका २६ वटा ई-सेवा वालेटहरूमा पटक-पटक गरी रु। १०,९९,६०० गरी जम्मा रु। २७,८३,२०० (सत्ताइस लाख त्रियासी हजार दुई सय) रकम ठगी गरेको थियो ।