बढुवा गरेको  केहि घन्टामै एआइजीलाई दज्यानी चिह्न प्रदान

(नेपाल क्राईम)

मन्त्रिपरिषद्को मंगलवार साँझको निर्णय अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका किरण राणा र प्राविधिकतर्फका डा. सुन्दरप्रसाद ह्योजुलाई आजै दज्यानी चिह्न प्रदान गरिएको छ !

मन्त्रिपरिषद्ले निर्णय गरेको केही घण्टामै उनीहरूले एआइजीको फुली लगाएका हुन्। उनीहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिए।