(नेपाल क्राईम) दीपावली तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट नेपाल तर्फ ल्याउन लागिएको ५ बोरा पटका भारतीय सुरक्षाकर्मीहरुले बरामद गरेका छन् ।झरौखर थाना र एसएसबी क्याम्प जमुनियाको संयुक्त टोलीले सीमावर्ती भारतीय बजार घोडासहनबाट लुकिछिपी ल्याएर सीमा संग जोडिएको लक्षमिनिया गाउँका विकेश जैसवालको घरमा भण्डारण गरी राखिएको ५ बोरा पटका बिहीबार बरामद गरिएको हो। एसएसबीको डीआईजी कार्यालय मुजफरपुरका प्रवक्ता डीएसपी बिनित कुमार सिंहका अनुसार तस्कर विकेश जैसवालले नेपालमा तस्करीको माध्यमले पठाउन ठूलो परिमाणमा पटका भण्डारण गरिराखेको सूचनाको आधारमा छापामारीएको हो ।