बहुविवाह मुद्दामा प्रहरी नायब उपरीक्षक डिएसपी मधु नेपाल पक्राउ

बहुविवाह मुद्दामा प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाललाई पक्राउ गरेको छ ।

उनकी श्रीमतीले दिएको उजुरीको आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई मंगलबार उनी पक्राउ परेका हुन् ।जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी नेपाललाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।(रास्स)