नेपालगन्ज भन्सार एजेन्ट महासंघले पेन डाउन आन्दोलन फिर्ता लिने घोषणा

नेपालगन्ज भन्सार एजेन्ट महासंघले पेन डाउन आन्दोलन फिर्ता लिने घोषणा गरेको छ । महासंले राखेका प्रमुख मागहरु सम्बोधन हुने सहमति बनेपछि आन्दोलन रोक्ने निर्णय गरिएको हो ।

भन्सार विभाग र भन्सार एजेन्ट महासंघ नेपालबिच मंसिर २३ गते भएको छलफल सकारात्मक बनेपछि महासंघले देशभरका भन्सार कार्यालयमा जारी विरोध कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष प्राचीन कुमार थैबका अनुसार विभागले महासंघका माग सम्बोधन गर्ने सहमति जनाएपछि पेन डाउन कार्यक्रम फिर्ता लिइएको हो ।