जाँचबुझ आयोगमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको बयान सुरु

जेनजी आन्दोलनका क्रममा भएको घटना जाँचबुझ आयोगमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको बयान सुरु भएको छ । आयोगले बयानका लागि मङ्गलवार आउन पत्राचार गरेको थियो । बयानका लागि आईजीपी अर्याल आयोगको कार्यालय सिंहदरबार पुगेका हुन् ।यस्तै आयोगले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बयानका लागि  बोलाउने तयारी गरेको छ ।यसअघि आयोगले दुवै प्रहरीका फिल्ड कमाण्डरहरुको बयान लिइसकेको छ । आईजीपी कार्कीको बयानपछि गृहसचिवलाई बोलाउने आयोगको तयारी छ । त्यसपछि पूर्व गृहमन्त्री रमेश लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइने आयोगले जनाएको छ ।