गोली हानी वडाध्यक्षको हत्या

धनुषामा अंश विवाद हुँदा गोली हानेर मिथिला बिहारी नगरपालिकाका–९ नम्बर वडाध्यक्ष विन्देश्वर यादवको हत्या भएको छ।

शुक्रबार साँझ ६ बजेतिर तारापट्टी भन्ने ठाउँमा गोली चलेको मधेस प्रदेशका डिआइजी गोविन्द थपलियाले जानकारी दिए।

उनका अनुसार गोली लाग्दा यादवको मृत्यु भएको हो। यादवको छातीमा गोली लागेको छ।

‘उनलाई धनुषा प्रहरीले हिरासतमा लिएका छन् । गाउँमा श्राद्धको भोजमा दुई पक्षबीच भएको विवाद मिलाउन गएका वडाध्यक्षको हत्या गरिएको जनाइएको छ । हत्या गर्ने प्रहरी पनि सोही गाउँका रहेको स्थानीयले बताएका छन् ।

प्रहरीले उनका आफन्त रामवरण यादवसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

अरू दुई जनामध्ये एक जना प्रहरी शम्भु यादव छन्। शम्भु बिदामा आएका थिए। उनीमाथि स्थानीयले आरोप लगाएपछि प्रहरीले पक्राउ गरेको हो।