७५ वर्षीय वृद्धको हत्या

सिरहाको धनगढीमाई नगरपालिका–११ आमचोकमा एक वृद्धको हत्या भएको छ । गएराति सुतेकै ठाउँमा धातिलो हतियार प्रयोग गरि ७५ वर्षीय अनिल लाल यादवको हत्या गरिएको हो ।

हतियार प्रहारबाट घाइते भएका यादवको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।