सर्लाहीको लालबन्दीमा भारत तस्करी गर्न लागिएको २७ केजी गाँजासहित एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, लालबन्दीले लालबन्दी८ बाट २० वर्षिय सन्ते ब्लोनलाई पक्राउ गरेको हो ।
इन्सपेक्टर वीरेन्द ्रसिंह जोहारी नेतृत्वको टोलीले पत्थरकोटबाट लालबन्दी जाँदै गरेको मोटरसाइकलमा तस्करी गर्न लागिएको गाँजा बरामद भएको हो। थप अनुसन्धान अघि बढाइएको इप्रका लालबन्दीले जनाएको छ।