सुनसरीबाट लागुऔषधसहित १ जना पक्राउ परेका छन् ।सुनसरीको धरान- १७ बाट लागुऔषधसहित २३ वर्षीय बुद्ध राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बुधबार अपरान्ह ४ बजे अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोही स्थानका राईलाई ट्रामाडोल ९८ क्याप्सुल र डिकोलिक ९५ ट्याब्लेटसहित पक्राउ गरेको हो ।