१२औँ म्युजिक खबर म्युजिक अवार्ड २०८१ मा गीतकार तथा नेपाल प्रहरी निरीक्षक भुपेन्द्र बुढाथोकीले “जुरी अवार्ड–गीतकार (आधुनिक)” विधामा अवार्ड प्राप्त गर्न सफल भएका छन्।
नेपाल प्रहरी निरीक्षक भुपेन्द्र बुढाथोकीले रचना गर्नुभएको “भाग्य लेख्ने भगवान कहाँ छौ” बोलको मार्मिक तथा भावनात्मक गीतले यस वर्षको जुरिको ध्यान आकर्षित गर्दै अवार्ड जितेको हो।नेपाल प्रहरी सेवा र साहित्यिक सिर्जनालाई सँगसँगै अघि बढाइरहेका नेपाल प्रहरी निरीक्षक भुपेन्द्र बुढाथोकीले आफ्नो व्यस्त पेशागत जीवनका बीच पनि समाजलाई प्रतिविम्बित गर्ने गीत–साहित्य सिर्जना गर्दै आइरहेका छन्। उहाँको गीतले मानव पीडा, नियति र प्रश्नशील चेतनालाई स्पर्श गर्छ, जुन अहिलेको सामाजिक सन्दर्भमा निकै सान्दर्भिक मानिएको छ।