आइतबार कोशी र कर्णाली प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कोशी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडका थोरै स्थानहरूमा र बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।