सुन्दरीजलमा बोलबम नुहाउने क्रममा खोलामा फसेका पाँच जनाको उद्धार

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिरनजिक आज बिहान साढे २ बजे चार भारतीय र एक नेपाली खोलामा नुहाउने क्रममा एक्कासि खोलाको बहाव बढेपछि बिचमा फसेका थिए । सेनाको चन्दननाथ गणबाट खटिएको टोली र अन्य सुरक्षा निकाय सहयोगमा उनीहरूको उद्धार गरिएको हो।