२६ बोरा  गाँजा बरामद

मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा प्रहरीले २६ बोरा बेवारिसे गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नगेन्द्र बगोटीका अनुसार बुधबार साँझ गोप्य सूचनाका आधारमा खोजतलास गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको हो। उक्त गाँजा कसले राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिहरुको खोजी कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।