मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते

(नेपाल क्राईम)

मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

बिहीबार बिहान ४:५० बजे इटहरीबाट भैरहवा जाँदै गरेको  लु २ ख ५९९ नम्बरको बस मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित पूर्व-पश्चिम सडक खण्डमा दुर्घटना भएको हो।

बसमा सवारमध्ये १६ जना घाइते भएको र उनीहरूलाई  उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ। घाइतेहरूको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ।