सिन्धुलीमा भारी वर्षा, सतर्क रहन आग्रह

एक घन्टामा सिन्धुलीको रानीचुरी वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

पछिल्लो तीन घन्टामा त्यहाँ ६७.६ मिलिमिटर वर्षा मापन भएको छ।

त्यसैले उक्त क्षेत्र भई बहने चन्दाहा, तिनपाटनलगायत अन्य ससाना खोलाहरूमा बहाब बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।