(नेपाल क्राईम)
रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सम्मरीमाई गाउँपालिका-६ डिहुली बस्ने ६५ वर्षीय रामबृज यादवको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो तरकारी बारीमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर बेहोस भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।