(नेपाल क्राईम) एकै पटक जनपद प्रहरीतर्फ दुई हजार तीन सय ८५ जना प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको छ । सोमबार प्रहरी प्रधान कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखाना (प्रहरी)लैनचौरलाई पत्राचार गर्दै ठूलो संख्यामा प्रहरी सहायक हवल्दारहरुको सरुवा गरिएको जानकारी दिएको हो । उक्त पत्राचारमा २०८१ फागुन ११ को निर्णय अनुसार २०८१ प्mागुन महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको र अभिलेखमा आवश्यक व्यहोरा खुलाई दिन भनी अनुरोध गरिएको छ ।