(नेपाल क्राईम ) धरान- १५ बाट प्रतिबन्धित औषधिसहित ४ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा धरान- १५ की २३ वर्षीया सृजना राई, २० वर्षीया विता थापा राई र दुई जना बालिका छन् । लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गएराति पक्राउ गरेको।पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।