एयर गन र गोलीसहित एक जना पक्राउ

(रवि  बर्णवाल  )                                                        विरगंज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटबाट सशस्त्र प्रहरी बलले एयर गन र त्यसमा प्रयोग हुने ८२ राउण्ड गोलीसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म, विरगंजका सुरक्षाकर्मीहरूले नियमित जाँच गर्ने क्रममा भारतबाट नेपाल भित्र्याउँदै गरेको एयर गन र गोलीसहित अन्दाजी ३४ वर्षीय भारतीय नागरिकलाई पक्राउ गरेका हुन्। स्रोतका अनुसार ती व्यक्तिले हतियार नेपालतर्फ ल्याउन खोजेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो।