आधा किलो सुनसहित एक जना पक्राउ

(नेपाल क्राईम)                                                            दाङमा आधा किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१५ मिलन चोकका २५ वर्षीय रन्जित रसाइली छन् उनीबाट दुई थान सिक्री र एक थान सुनको डल्ला गरी ४९७.०४ ग्राम सुन बराबद गरिएको दाङका डीएसपी चक्रबहादुर शाहले बताए ।