जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले आज प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग बयान लिँदैछ । आईजीपी कार्कीसँग बयान लिनका लागि पत्र काटिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए ।जेनजी आन्दोलनका घटनाबारे सोधपुछ गर्न आयोगले आईजीपी कार्कीलाई पनि बोलाएको हो । घटना हुँदा एआईजी रहेका कार्की कात्तिक २७ गतेबाट प्रहरी महानिरीक्षक छन् ।कार्कीलाई पनि शुक्रबार उपस्थित हुन भनेसँगै शुक्रबार आयोगमा एकसाथ तीन जनासँग सोधपुछ हुने भएको छ ।