सशस्त्र प्रहरी बलले एकै पटक एक सय तीन जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । सशस्त्र प्रधान कार्यालयले सङ्गठनको नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत १०३ इन्स्पेक्टरको सरुवा गरेको हो ।महानिरीक्षक तहबाट भएको सरुवाबाट हालसम्म कमाण्ड (गुल्म प्रमुख)को जिम्मेवारी नपाएका र लामो समयदेखि हेडक्वार्टर वा कम महत्त्वपूर्ण स्थानमा कार्यरत इन्स्पेक्टरहरूलाई कार्यक्षेत्रमा खटाइएको छ ।यो सरुवाले विभिन्न युनिटको नेतृत्वमा परिवर्तन गर्ने छ ।