भालुको आक्रमण, तीन जना घाइते

सिमकोट गाउँपालिका–५ सिममा खर काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । घाइते हुनेमा ५९ वर्षीय लक्ष्य रावत, ५५ वर्षीया बाचु रावत तथा रजनी रावत रहेका छन् । बाचु र लक्ष्य पति–पत्नी हुन् ।आक्रमणपछि घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला लगिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।