सशस्त्रमा ३ डीआईजीको दरबन्दी थप

सशस्त्र प्रहरी बलमा तीन जना डीआईजीको दरबन्दी थप भएको छ । मंगलबारको मन्त्रीपरिषद् बैठकले सशस्त्रमा तीन जना डीआईजीको दरबन्दी थप गरेको एक मन्त्रीले बताए ।

थप भएको दरबन्दीअनुसार कानुन शाखा, विपद् व्यवस्थापन महाशाखा र इन्टेलेलिजेन्स ब्यूरोको कमाण्ड अब डीआईजीले गर्नेछन् ।