धनकुटामा भएको ट्रक दुर्घटनामा परि २ जना गम्भीर घाइते

धनकुटामा भएको ट्रक दुर्घटनामा परि २ जना गम्भीर घाइते भएका छन् ।  धनकुटा नगरपालिका -९ पाँच गोलाई भन्ने स्थानमा धनकुटाबाट मुलघाट तर्फ आउँदै गरेको प्र.३-०१-००३क ६९०६ नम्बरको  मिनी ट्रक गएराति अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको हो । दुर्घटनामा ट्रकका चालक  उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका-५ बस्ने वर्ष २६ को नारायण खड्का र सहचालक सोही जिल्लाको रानीटार बस्ने वर्ष २० को  दिनेश कार्की  गम्भीर घाइते भएका हुन् ।