१४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा

१४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार र सोमबार गरेको निर्णय अनुसार १४ उपसचिव र २४ शाखा अधिकृत गरेर ३८ कर्मचारीको सरुवा गरेको हो ।सरुवा सूची अनुसार उपसचिव र शाखा अधिकृत गरेर १७ जनालाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।