रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार राति गोली चलेको छ ।होटलमा जबरजस्ती प्रवेश गर्न खोज्नेलाई रोक्न खोज्दा अपरिचित व्यक्तिले सुरक्षा गार्डमाथि गोली चलाएका हुन् ।
गोलीबाट बुटवल उपमहानगरपालिका– १५ का २७ वर्षीय मीनबहादुर परियार घाइते भएका छन् ।
रुपन्देहीका प्रहरीका प्रवक्ता एवं डीएसपी सुरज कार्कीले घाइते परियारको भीम अस्पतालमा उपचार भएको बताए ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको कार्कीको भनाइ छ ।