नेपाल प्रहरीमा ६ वरिष्ठ उपरीक्षक एसएसपीको दरबन्दी रिक्त

नेपाल प्रहरीमा ६ वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी रिक्त भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत अर्का एसएसपी प्रकाश रानाभाटले राजीनामा दिएपछि रिक्त एसएसपीको संख्या ६ पुगेको छ । रिक्त ६ एसएसपी पदका लागि बढुवा सिफारिस समितिले गृहकार्य सुरु गरेको छ ।अहिले बढुवा सिफारिस भएका डीआईजीहरू बढुवा भएर दर्ज्यानी चिह्न लगाएको अवस्था र रानाभाटको राजीनामा स्वीकृत भएपछि एसएसपीमा बढुवा गर्नेगरी तयारी अघि बढाइएको छ ।

५ साउनमा बढुवा सिफारिस समितिले ११ जना एसपीलाई बढुवाका लागि सिफारिस गर्दा बस्नेत छुटेका थिए ।

त्यतिबेला तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल बढुवाका लागि सिफारिस भएका थिए ।

जसमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्याम सिंह चौधरी, नहकुल पोखरेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे र वीरेन्द्रबहादुर शाही छन् ।

उनीहरूमध्येबाटै ६ जना एसएसपी बन्ने छन् भने बाँकी एसपीमै रहने छन् ।